Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

‘होस्टेल ३’ को ट्रेलर मुभिज सेक्सनको ट्रेन्डिङ नम्बर १ मा, दर्शकमाझ उच्च उत्साह

‘होस्टेल ३’ को ट्रेलर मुभिज सेक्सनको ट्रेन्डिङ नम्बर १ मा, दर्शकमाझ उच्च उत्साह

काठमाडौं : बहुप्रतीक्षित नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएको ६ घण्टामा नै युट्युबको मुभिज सेक्सनमा ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। ट्रेलरले हालसम्म करिब २ लाख ७० हजार भ्युज पाएको छ, जसले दर्शकहरूबीच चलचित्रप्रति उत्सुकता बढेको छ।

राजधानीमा भव्य समारोहबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। चलचित्रका निर्देशक सशान कँडेल हुन्, जसले क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा चलचित्रमा समेटेका छन्। चलचित्र आगामी फागुन २३ गते प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा प्रमुख भूमिकामा पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली रहेका छन्। चलचित्रका गीत तथा नृत्य दर्शकहरूको ध्यान आकर्षित गर्न सफल देखिन्छन्।

‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो। यस चलचित्रले कलेज जीवनका विभिन्न पक्षहरू उजागर गर्ने लक्ष्य लिएको छ। चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो।

चलचित्रको ट्रेलर ट्रेन्डिङमा आउनु र यसको लोकप्रियताले दर्शकहरू चलचित्रप्रति निकै उत्साहित रहेको देखिन्छ। अब चलचित्र प्रदर्शनपछि यसको प्रभाव र सफलता कस्तो रहनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट