Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

भरतपुरको कृष्णपुर रंगशालामा सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुने

भरतपुरको कृष्णपुर रंगशालामा सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुने

काठमाडौं : गोर्खाली रग्बी क्लबको आयोजनामा यहि फागुन १६ र १७ गते गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ।भरतपुरको कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो छ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालिएन सुट प्राप्त गर्नेछ ।प्रतियोगिता आयोजनाको लागि कुल २१ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात तथा होटलको खर्च ब्यहोर्नेछ ।राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।त्यस बाहेक नपुग खर्च गोर्खाली क्लबका अध्यक्ष रोहित कार्की आफैले ब्यहोर्ने पत्रकार सम्मेलनमा प्रतिवद्धता जनाएका छन् ।पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने, “हाम्रो क्लबले विभिन्न उमेर समुहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगिताको पनि च्याम्पियन बन्यौं । अब हामी आयोजनामा सफल भएर रग्बी विकासमा योगदान दिन चाहन्छौं ।”

प्रतियोगितामा  हरेक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न  पाउने नियम बनाइएको छ । क्लबका  उपाध्यक्ष कृष्ण थापाले  गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको पत्रकार सम्मेलनमा बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी, चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।यस्तै सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन(नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, एसिटी एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।यस प्रतियोगिताले राष्ट्रिय खेलकुद पषिद्को आयोजनामा सुर्खेतमा हुन गईरहेको १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागी समेत सहयोग पुग्ने सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट