पश्चिम नवलपरासी : लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ ।सडकको दाउन्ने पूर्व र पश्चिम दुवै खण्डमा अहिले सडक कालोपत्र गर्ने, कल्भर्ट तथा बाँकी पुलको निर्माण, बेश तथा सव-बेशका कामहरु भइरहेका छन ।
ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले अहिले धेरै स्थानबाट एकै पटक काम गरिरहेको छ ।आयोजनाको दाउन्नेदेखि बुटवलसम्ममा अहिले नवलपरासीको बर्दघाट, भुमहीसहित रुपन्देहीका विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंसाक मिश्रले अहिले अपेक्षाकृत काम भइरहेको बताउनुभयो ।‘केही आशा लाग्ने गरी काम भएको छ तर अझै धेरै काम गर्न बाँकी नै छ, मिश्रले भन्नुभयो ।’
उहाँका अनुसार आयोजनाको अहिले मासिक २ प्रतिशतका दरले भौतिक प्रगतl रहेको छ । यति ठुलो आयोजनामा मासिक दुई प्रतिशतको प्रगतl सन्तोषजनक मान्नुपर्छ- मिश्रले भन्नुभयो ।विगतमा विद्युतको पोलका कारण पनि काममा अवरोध हुFदै आएकोमा अहिले पोल सार्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
पोलकै कारण अहिले काममा असर नपरेको मिश्रले बताउनुभयो । वर्षायाम अगावै कालोपत्र गर्ने गरी दाउन्ने खण्डमा पनि कल्भर्ट निर्माणको कामलाई तिव्रता दिइएको छ ।दाउन्ने पूर्वमा १६ ठाउँमा एकैपटक काम भईरहेको परियोजनाका पूर्व खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
पूर्वी खण्डमा निर्माण गर्नुपर्ने ३१ मध्ये २६ वटा कल्भर्ट निर्माण भएका छन् ।बाँकी ७ वटाको काम चलिरहेको इन्जिनियर खनालले बताउनुभयो ।पूर्वी खण्डको आधा भन्दा बढी सडक कालोपत्र भइसकेको छ ।
चैत मसान्तसम्ममा गैँडाकोट–दुम्कीबास खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको खनालले बताउनुभयो ।एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड लागतमा २०७५ सालबाट निर्माण सुरु भएको आयोजनाको गत साउनमा तेस्रो पटक एक वर्षको लागि म्याद थप भएको हो ।
म्याद थप भएपछि चार महिनासम्म काम गर्न आलटाल गरेको ठेकेदारले अहिले कामलाई तिव्रता दिएको छ ।नारायणगढ बुटवल सडक खण्ड लामो समय सम्म जीर्ण हुँदा यात्रा कष्टकर बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij