चितवन : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) चितवनको अध्यक्षमा तूलमान गुरुङ चयन भएका छन्। शनिबार सम्पन्न फोनिजको दशौं साधारण सभा तथा पाचौं अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै फोनिजको उपाध्यक्ष उर्गेन तामाङ ,सचिवमा आशिक राना मगर ,कोषाध्यक्षमा उमेश श्रेष्ठ र सह–सचिवमा प्रतिमा कुमाल निर्वाचित भएका छन्। सदस्यहरूमा ,बबिलाल तामाङ,देउकुमार मगर ,सूचना गुरुङ, मुना लमतरी मगर,बिनिता श्रेष्ठ, सविता महतो,सन्तोष तामाङ, र शिवकुमारी चेपाङ निर्वाचित भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij