Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनको भरतपुरमा काउली बिक्री नभएपछि किसानले जोते

चितवनको भरतपुरमा काउली बिक्री नभएपछि किसानले जोते

भरतपुर : चितवनको भरतपुर २६ स्थित ज्योतीनगरका किसान नवदत्त अधिकारीले १५ रोपनी जग्गामा लगाएको काउली बिक्री नहुँदा नष्ट गर्न बाध्य भएका छन्।२१ वर्षदेखि व्यावसायिक खेती गर्दै आएका अधिकारीले लगाएको बाली बजारमा उचित मूल्य नपाउँदा बारम्बार नष्ट गर्नुपर्ने बाध्यता दोहोरिएको छ। कृषि क्षेत्रमा सरकारको ध्यान नपुग्दा कृषकहरूले ठूलो घाटा बेहोर्नु परेको उनको गुनासो छ। “हाम्रो परिश्रमको कुनै मूल्य छैन। बजारमा मूल्य पाउने आशमा खेती गरिन्छ, तर जब बिक्री हुन सक्दैन, खेतमै जोत्नुपर्छ,” अधिकारीले भने।

उनका अनुसार, यस वर्ष बजारमा काउलीको मूल्य अत्यन्तै न्यून रहेको छ, जसका कारण लागतसमेत उठाउन नसक्ने अवस्था आएको छ। सरकारी सहयोग र उचित बजार व्यवस्थापनको अभावले किसानहरू हतोत्साहित भइरहेका छन्। स्थानीय कृषकहरूले उत्पादनको उचित मूल्य र स्थायी बजारको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट