चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा” दिगाे खाद्य प्रणालीका लागि कृषि रुपान्तरण ” विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएकाे छ।जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा सँयाेजक प्रा. डा. अर्जुन कुमार श्रेष्ठले कार्यक्रमकाे उद्देश्य माथि प्रकाश पर्दै माघ २० गते देखि ३ दिनसम्म सञ्चालित सम्मेलनमा जलवायु अनुकुल कृषि,प्राकृतिक स्राेत व्यवस्थापन,दिगाे कृषि,कृषि नवप्रवर्तन तथा कृषि नीतिका क्षेत्रमा व्यापक छलफल भै खाद्य प्रणाली तथा पाेषण सुरक्षा, कृषि तथा आप्रवासन,कृषिमा युवाकाे भूमिका विषयमा छलफल हुने बताउनुभयो ।
सम्मेलनमा दिगाे कृषि तथा जलवायु सहनशीलता,माटाे स्वास्थ्य तथा बाली व्यवस्थापन,कीट तथा राेग व्यवस्थापन,कृषि प्रविधि तथा नवप्रवर्तन,कृषि-अर्थ बजार विश्लेषण जस्ता विषयमा अनुसन्धानात्मक प्रस्तुति रहने छन् । कार्यक्रममा जैविक विविधता तथा पारिस्थितिकीय खेती,पशु तथा मत्स्यपालन,बैकल्पिक बाली र खाद्य सुरक्षाका विषय अनुसन्धानात्मक प्रस्तुतिकरण रहने छ।
करिव ५८ प्रतिशत जनसंख्यालाई राेजगारीमा समेट्दै कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत याेगदान पुर्याउदै राष्ट्रिय अर्थतन्त्रकाे मेरुदण्डको रुपमा रहेकाे कृषि क्षेत्रमा दिनानुदिन थपिदै गैरहेकाे चुनाैति थपिरहेकाे परिप्रेक्ष्यमा विश्व विज्ञहरुकाे सहभागीतामा आयाेजना हुन गैरहेकाे याे अन्तर्राष्ट्रिय सम्मेलन महत्त्वपूर्ण रहेकाे बताउँदै कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयकाे पठनपाठन ,अनुसन्धान र प्रसार गर्ने मूल उद्देश्य अन्तर्गत सम्मेलन आयाेजना हुन गैरहेकाे बतनउनुभयाे ।
अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकाबाट प्रा.डा. मुरारी सुवेदी प्रा.डा. उमा कार्की र राजन घिमिरे,काेरियाबाट प्रा. डा. चुलेई जड सहभागी रहनुहुनेछ । ताइवानबाट प्रा.डा.जेङ-त्से याङ, नर्वेबाट”डा.प्रभात खनाल सहभागी हुनुहुने छ ।
यसैगरी नेपालकाट प्रा. डा. अर्जुन कुमार श्रेष्ठ,प्रा.डा.माधव पाण्डे र डा. राकेश नबी सहभागी रहनुहुने कार्यक्रमकाे सँयाेजन गरिरहनुभएका कृषि सँकायका डीन प्रा. डा. अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।`दिगाे खाद्य प्रणालीका लागि कृषि रुपान्तरण´ विषयमा हुन गैरहेकाे याे सम्मेलन नेपालमा पहिलाे पटक आयाेजना गरिएकाे हाे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij