Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रत्ननगरमा मकवानपुर उवासंघको टोलीलाई स्वागत

रत्ननगरमा मकवानपुर उवासंघको टोलीलाई स्वागत

चितवन : रत्ननगर उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई शुक्रबार स्वागत गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । संघको सभाहलमा आयोजित औपचारिक कार्यक्रमका बीच संघका अध्यक्ष शंकर गिरीले मकवानपुर उद्योग वाणिज्य संघको प्रमोद सिंह रानाभाट सहित पदाधिकारी र सदस्यहरुलाई स्वागत गर्दै बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रममा पर्यटन विकास र व्यवसायिक सुरक्षाका विषयमा दुईसंग बीचको सहकार्यको विषयमा छलफल गरिएको छ । मकवानपुर उद्योग बाणिज्य संघ र रत्ननग उद्योग वाणिज्य संघ बीच लामो समय देखि भगिनी सम्बन्ध रहेको भन्दै दुबै संघका अध्यक्षहरुले जिल्लाको आर्थिक रुपान्तरण, पर्यटन विकास र व्यवसायिक सुरक्षामा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी सौराहाको पर्यटनलाई मकवानपुर जिल्लामा रहेका पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटन विकास गर्न सकिने बताए । संघले गरेका कामहरुको बारेमा जानकारी गराउँदै उनले रत्ननगर उद्योग वाणिज्यसंघले व्यवसायीको हितको अलवा आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गरिरहेको बताए ।

मकवानपुर उवासंघका अध्यक्ष रानाभाटले दुई पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरुलाई एक आर्कामा आउन सक्ने वातावरण बनाउन सहकार्य गर्न तयार रहेको बताए । व्यवसायीको हितमा एउटा संघले गरेको काम अर्को संगको लागि सिकाइ हुने भन्दै राम्रा कामहरु अनुसरण गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनले व्यवसायी पलायन हुनबाट रोक्न इनोभेसन सेन्टर स्थापना गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवालले नेपाल उद्योग वाणिज्य महासंघ व्यवसायीको समस्याप्रति जिम्मेवार हुन नसकेको भन्दै जिल्लाबाट दवाब आवश्यक रहेको बताए ।

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल, रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी लगायतले मन्तव्य राखेका थिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामशरण नेपालले धन्यपाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट