Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मापसे गरी तीव्र गतिमा कार चलाउँदा छ जना युवा घाइते

मापसे गरी तीव्र गतिमा कार चलाउँदा छ जना युवा घाइते

भरतपुर : भरतपुर महानगरपालिका वडा नं–९, मगरटोलस्थित भित्री सडकखण्डमा मापसे गरी तीव्र गतिमा कार चलाउँदा छ जना घाइते भएका छन् ।लालीगुराँस टोलबाट क्यान्सर अस्पताल रोडतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६५९२ नम्बरको कारमा मादक पदार्थ सेवन (मापसे) गरी तीव्र गतिमा चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कार चालक भरतपुर–१२ बस्ने २० वर्षीय अनन्त काप्री, कारमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय शुलभ ढुङ्गाना, भरतपुर–८ बस्ने ३० वर्षीय आशिष रेग्मी, सोही ठाउँ बस्ने २७ वर्षीय सन्दीप पाण्डे, २१ वर्षीय सुरज अधिकारी र भरतपुर–७, प्रेमबस्ती बस्ने २७ वर्षीय देव बस्नेत रहेका छन् ।घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र कार घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट