Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राप्तीमा २१ बिघाको लागूऔषध गाँजा र अफिम खेती फँडानी

राप्तीमा २१ बिघाको लागूऔषध गाँजा र अफिम खेती फँडानी

चितवन : जिल्ला प्रहरी कार्यालय चितवन र यसका मातहतमा रहेका कार्यालयहरुले राप्ती नगरपालिकाको विभिन्न भेगमा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेका छन् ।सशस्त्र प्रहरी बल नेपाल आँपटारीका सशस्त्रसहित ५१ जनाको प्रहरी टोलीले संयुक्तरुपमा गाँजा तथा अफिम खेती नष्ट गरिएको हो ।

राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को विभिन्न भेगमा लगाइएको लागूऔषध गाँजा र अफिम खेती फँडानी गरेको चितवन प्रहरीले जनाएको छ । ३ बिघाको अफिमखेतीसमेत नष्ट गरिएको प्रहरीको भनाइ छ । सो क्षेत्रमा यसअघि पनि पटकपटक गाँजा र अफिम खेती प्रहरीले फँडानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट