Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माघ २२ देखि तेस्रो बखान च्याम्पियनसिप, यस्तो छ खेल तालिका

माघ २२ देखि तेस्रो बखान च्याम्पियनसिप, यस्तो छ खेल तालिका

चितवन : तेस्रो संस्करणको बखान च्याम्पियनसिप फुटबल प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

बखान मिनी रंगशाला भरतपुर १९ शारदानगरमा हुने प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ। प्रतियोगितामा १२ टोली सहभागी हुने आयोजकले जानकारी दिएको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नगर प्रहरी भरतपुर, शारदानगर युथ क्लब, स्टार स्पोर्टस युथ क्लब, नारायणी मोटर्स युनिक क्लब, पटिहानी फुटबल क्लब र रामपुर फुटबल क्लब रड्स रहेका छन् । यस्तै समूह बी मा सुर्यपुर फुटबल क्लब, प्याराडाईज युथ क्लब, गैंडाकोट फुटबल क्लब, हानामी भरतपुर फुटबल क्लब, परिवर्तन हातेमालो युथ सोसाइटी र अभिषेक चर्च रजहर रहेका छन् ।

यसैबीच प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भएको छ । जस अनुसार माघ २२ गते उद्घाटन खेलमा नगर प्रहरी भरतपुर र शारदानगर युथ क्लब भिड्नेछन् ।प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट