Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

शहीद परिवारलाई पाँच हजार नगदसहित सम्मान

शहीद परिवारलाई पाँच हजार नगदसहित सम्मान

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ।सहिद दिवसका दिन बुधबार इच्छाकामना-२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन्। कार्यक्रममा मन्त्री सिलवालले शहीदहरूका कारण देशमा परिवर्तन सम्भव भएको बताए।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार पाँच हजार प्रदान गरिएको बताउँदै आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका सहिद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट