Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

वेवारिसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा नवलपुरमा सञ्चालनमा आउंँदै

वेवारिसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा नवलपुरमा सञ्चालनमा आउंँदै

चितवन : नवलपुरको पिठौलीमा वेवारीसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा सञ्चालनमा आउन लागेको छ ।यसअघि काठमाडौंको अनामनगरबाट सेवा दिंँदै आएको सेवा केन्द्र चितवन लगायतका छिमेकी जिल्लाहरुलाई लक्षित गर्दै माघ २१ गते शाखाको उद्दघाटन गर्न लागेको हो ।

शाखाको उद्धघाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, अमृत भट्चन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सुरक्षाप्रमुख, समाजसेवीको सहभागितमा उद्दघाटन गर्न लागिएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले सेवालाई देशभर विस्तार गर्ने लक्षित सहित शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।‘ हामीले यो सेवा विगत १४ बर्षदेखि गर्दै आएका थियौं, अध्यक्ष बस्नेतले भने, पैसाको अभावमा कसैको दाहासंस्कार नरोकियोस भन्ने हेतुले शाखा सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार देवघाट एवं अन्य नदीमा गरिने दाहासंस्कार निःशुल्क हुनेछ । शाखाले आफन्त नभएका, वेवारिसे, कमजोर आर्थिक अवस्था भएका व्यक्तिका परिवारलाई सेवा दिने उनले जानकारी दिए ।

४ विघा क्षेत्रफलमा रहेको आश्रममा सडक मानव, वेवारिसे, घरबार नभएका व्यक्तिको लागि पनि आश्रय समेत दिइने उनले बताए । ‘हामीले लासको मात्रै व्यवस्थापन गर्दैनौं । बेसाहारा र लागुऔषध दुव्र्यसनीको उपचार गरी परिवारमा पुर्नमिलन समेत गराउनेछौं । ’

अध्यक्ष बस्नेतले भने । संस्थाका केन्द्रिय महिला प्रमुख पुजा विकले मानव सेवा र उद्धार गर्ने उद्धेश्यसहित संस्थाको शाखा नवलपुरमा सञ्चालन गर्न लागिएको बताईन । संस्थाको अगुवाइमा लास व्यवस्थापन गर्नुका साथै देवघाटमा विद्युतीय शवदाह निर्माण अघि बढाईएको उनले जानकारी दिईन् ।

‘हामीले विशेषगरी देवघाटमा बढी दाहासंस्कार गरिने भएकोले तीन करोडको लागतमा विद्युतीय शवदाह निर्माण गरि सेवालाई अगाडि बढाउंँदैछौं ।’ विकले भनिन। आगामी दिनमा जग्गा व्यवस्थापन देवघाटमा क्रिया पुत्री भवन समेत निर्माण गरी निशुल्क सेवा दिने समेत उनले बताईन् । केन्द्रले करीब ५ हजार ८सय शबको व्यवस्थापन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट