Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देवी अभियानद्वारा टाँडी बजार क्षेत्रमा डस्टविन र सरसफाई

देवी अभियानद्वारा टाँडी बजार क्षेत्रमा डस्टविन र सरसफाई

रत्ननगर : डिभिजन वन कार्यालय चितवनको राष्ट्रिय वन संरक्षण र व्यवस्थापन कार्यक्रम अन्तर्गत बुधबार रत्ननगरको टाँडी बजारमा डस्टविन राखी सरसफाई गरिएको छ ।देवी अभियान चितवनले रत्ननगरका बकुहरचोक, सौराहाचोक, टाँडीचोकमा १४ वटा डस्टविन राखेको हो । बजार क्षेत्रमा सरसफाई गरी बाताबरण संरक्षणको लागि कार्यक्रम गरिएको देवी अभियानकी अध्यक्ष देवी अधिकारीले जानकारी दिइन् । अभियानका सदस्यहरुले बकुलहर चोक देखि तरकारीमन्डी सम्म सरसफाई समेत गरेका छन् । जथाभावी फालेका सिसा तथा प्लाष्टिक जन्य सामग्री टिपेर व्यवस्थापन गरिएको छ ।

सरसफाईमा जुटेका देवी अधियानमा आबद्ध सदस्यहरुले हातमा कुचो लिएर बजार क्षेत्र सरसफाई गरेका हुन् । चोकचोकमा डस्टविन राखेर फोहोर राख्न प्रेरित समेत गरिएको छ । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा रहेको रत्ननगरका बजार क्षेत्रमा आवश्यक सरसफाई हुन नसकेको भन्दै उनले वाताबरण संरक्षण र सरसफाईको लागि डिभिजन वन कार्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको अधिकारीले बताइन् ।

विहीबार पर्यटकीय नगरी सौराहा क्षेत्रमा डस्टविन राखेर सरसफाई गर्ने कार्यक्रम तय भएको छ । पर्यटन विकासको लागि सरसफाई र वाताबरण अनिबार्य भएको भन्दै अधिकारीले वन तथा बाताबरण संरक्षणको लागि सचेतनामुलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट