चितवन : खैरहनी नगरपालिका वडा नं. ३ अन्तर्गत बहुवर्षीय योजना अन्तर्गत लदरी खोला नियन्त्रण कार्यको निरीक्षण मंगलबार भएको छ । करिब १२ करोड बजेटको ३.२ किलोमिटर लामो तटबन्धन निर्माण योजना जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय, भरतपुरको निगरानीमा अघि बढिरहेको छ ।तटबन्धन निरीक्षणका लागि बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगनाथ थपलिया स्वयं फिल्डमा पुगेर कामको स्थलगत अध्ययन गर्नु भएको थियो । उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै ठेकेदारलाई आवश्यक निर्देशन दिनुभएको छ ।
कार्यक्रममा नगर प्रमुख शशीकुमार खनिया, उपप्रमुख कविता उप्रेती, खैरहनी वडा नं. ३ का अध्यक्ष पूर्ण बहादुर गुरुङ, नेकपा एमाले वडा अध्यक्ष मनोज कार्की, राप्रपाका केन्द्रीय सदस्य रामहरी कँडेल, बुद्धिजीवी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।नगर प्रमुख खनियाले पहिलो चरणको निर्माणमा देखिएका समस्याहरूलाई औंल्याउँदै, तटबन्धन मापदण्डअनुसार मजबुत र दीगो बनाउन निर्देशन दिनुभएको छ ।निरीक्षण कार्यक्रममा इन्जिनियर नेत्रप्रसाद पौडेल, निमित्त कार्यालय प्रमुख चुडामणि कँडेल, र सब-इन्जिनियर अच्युतराज पौडेलको प्राविधिक टोलीले कामको प्रगतिबारे जानकारी गराएका थिए ।स्थानीय सरोकारवालाहरूले लदरी खोलाको प्रभावकारी नियन्त्रण अत्यावश्यक रहेको बताउँदै गुणस्तरीय निर्माण कार्यमार्फत दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । निरीक्षणपछि सबै पक्षले समयमै तटबन्धन सम्पन्न गरी बाढीको जोखिम न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij