Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

झलमल्ल भरतपुर, पुलचोक–गोन्द्राङ सडकमा स्मार्ट सडक बत्ती

झलमल्ल भरतपुर, पुलचोक–गोन्द्राङ सडकमा स्मार्ट सडक बत्ती

चितवन : चितवनको भरतपुर महानगरमा निर्माणाधिन पुलचोक–गोन्द्राङ सडकमा पहिलो पटक सडक  बत्ती बलेको छ । आइतबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर–१० रिजाल चोक स्थित फिडर प्यानलमा स्विच अन गरेर स्मार्ट सडक बत्तिको शुभारम्भ गर्नुभएको हो। ६ लेन उच्च स्तरको हाइवेमा रातमा बलेको विजुली बत्तीको झलमल्लले महानगरको सोन्दर्यता थपिएको छ ।  मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर उज्यालो र सुरक्षित भरतपुर अन्तर्गत ६ लेन सडकमा पहिलो पटक स्मार्ट सड़क बत्तीको शुरूवात गरिएको  महानगर प्रमुख  दाहालले बताउनुभयो ।

आफुले देखेको सपना पुरा भएको प्रमुख दाहालको भनाई छ । प्रमुख दाहालले  भन्नुभयो,“हामीले जुन सपना देखेका थियौँ त्यो पुरा भएको छ । आज भरतपुर देशमै नमुना शहर भएको छ । ”महेन्द्र राजमार्ग अन्तर्गत ११३ कि.मि. लामो बुटवल–नारायणगढ सडक निर्माणको लागि २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । तर त्यहीं सडकसँग जोडिएको ६.०८ कि.मि. लामो पुलचोक–गोन्द्राङ सडक खण्डलाई त्यस आयोजनाबाट छुटाइएको थियो।

474886174_10099286326754315_1953503329163585813_n1737958857.jpg

महानगरको रणनितिक सडकलाई एसियाली मापदण्ड बनाउनका लागि प्रमुख दाहालको पहलमा सडक निर्माण र भूमिगत विद्युतिकरणको योजना अघि बढेको थियो ।  बुटवल–नारायणगढ सडक सुरु भएको दुई वर्ष पछि अर्थात २०७७ माघ २० गते पुलचोक–गोन्द्राङ सडक निर्माण कार्यको सुरुवात गरिएको थियो ।

हाल पचास मिटर चौडाइको ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान,बिजुली अन्डरग्राउण्ड र हरियालीको कार्यहरु गरिएको छ । यो सडक हाल  नेपालकै नमुना सडक बनेको महानगरको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट