Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरी पोषण कार्यक्रम

प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरी पोषण कार्यक्रम

चितवन : प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका सदस्य महिला वा पुरुष जसको नयाँ सन्तानको जन्म भएपनि पाँच हजार रुपियाँ बराबरको सुत्केरी पोषण भत्ता दिनेगरि कार्यक्रम ल्याइएको हो ।

उक्त कार्यक्रम प्रेस चौतारी चितवनका सदस्यहरुले आफ्ना जन्मोत्सव तथा अन्य उत्सवमा सहयोग गरेर स्थापना गरिएको पत्रकार कल्याणकारी कोषबाट आर्जित ब्याजबाट प्रदान गरिने पनि अध्यक्ष पण्डितले जानकारी दिए । उनका अनुसार यहि महिनाबाट सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा आउने छ । चौतारीले कोषको उपयोग गर्ने कार्यविधि नै निर्माण गरेर पोषण कार्यक्रमको सुरुआत गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी चितवनको हिजो बसेको बैठकले निर्णय गरि कार्यान्वयनमा ल्याउन लागेको सुत्केरी पोषण कार्यक्रमले आफ्ना सदस्यलाई सुखमा पनि चौतारी सँगसँगै छ भन्ने महसुस गराउन सहयोग गर्ने उद्देश्य लिइएको पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट