चितवन : प्रेस सेन्टर भरतपुर महानगर कमिटीको अध्यक्षमा किशोर चन्द्र सापकोटा निर्वाचित भएका छन् । आज (आईतबार) सम्पन्न प्रेस सेन्टर भरतपुर महानगर कमिटीको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रबि चन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन्।यस्तै सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij