भरतपुर : बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले चितवनमा रहेको कबर्ड हलको निरीक्षण गरेका छन् ।आइतबार चितवन जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजन कार्की कबर्ड हलको अवस्थाबारे मन्त्री महर्जनलाई जानकारी गराएका छन् । मन्त्री महर्जनलाई कबर्ड हल अवलोकनका लागि कार्कीले निमन्त्रणा गरेका थिए ।
अध्यक्ष कार्कीले कबर्ड हल जीर्ण रहेको र वर्षातको समयमा पानी चुहिने समस्याबाट गुज्रिनु परेको खेलकुदमन्त्री महर्जनलाई अवगत गराएका छन् ।खेलकुदमन्त्री महर्जनले आउँदो आर्थिक वर्षको बजेटमा कबर्ड हलको मर्मत सम्भारका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।मन्त्री महर्जनले कबर्ड हलका लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएपछि चितवन जिल्लाका खेलाडीहरू खुशी भएका छन् ।
महर्जनले बागमती प्रदेश खेलकुदको हबको रुपमा रहेको बताए । बागमती प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन लगायत १३ जिल्लामा प्रत्येक दिन विभिन्न खेलकुद हुने गरेको बताए ।
उनले बागमतीका जिल्लाहरूमा प्रत्येक दिन ३० वटासम्म खेलकुद प्रतियोगिता भइरहेको बताए ।बागमती प्रदेश सरकारले खेलकुदको गतिविधिलाई हेरेर भौतिक पूर्वाधारको विस्तार गर्नुपर्ने बताउँदै खेलकुदमन्त्री महर्जनले आफू सोही विषयमा केन्द्रित रहेको बताए ।
‘मभन्दा पहिलेका खेलकुदमन्त्रीहरूले खेलकुद र खेलकुदको पूर्वाधार बनाउने विषयमा चासो दिएको देखिएन’, महर्जनले भने, ‘बागमती प्रदेश सरकारको एक स्थानीय तहमा एक रंगशालाको अवधारणा रहेको छ । यो अवधारणा अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन ।’
देशमा संघीयता लागू भएको ७ वर्ष भइसक्दा पनि प्रदेशमा भन्दौ धेरै अधिकार केन्द्रमा सीमित रहेको उनले बताए । जसले गर्दा संघीयता बिरोधीहरूलाई कुरा गर्न ठाउँ मिलेको मन्त्री महर्जनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij