चितवन : प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आज (आईतबार) सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अध्यक्ष आचार्यको नेतृत्वमा १५ सदस्यि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समिती उपाध्यक्षमा नवीन बाबु मरहट्टा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई, कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्।
सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij