Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

थ्री ब्रदर्श मिडियाले "टाइगर रेश—२०२५" प्रतियोगिता गर्दै, देशभरका ४५ वटा सहरबाट आवेदन दिन सकिने

थ्री ब्रदर्श मिडियाले "टाइगर रेश—२०२५" प्रतियोगिता गर्दै, देशभरका ४५ वटा सहरबाट आवेदन दिन सकिने

चितवन : थ्री ब्रदर्श मिडियाले आफ्नो बार्षिक कार्यक्रमलाई लक्षित गरि देशभरका यूवाहरुलाई खेलका माध्यमबाट जोड्ने प्रयत्नका लागि "हामी जोडिन्छौँ, हामी दौडिन्छौँ" भन्ने मुल नाराका साथ "टाइगर रेश—२०२५" प्रतियोगिता गर्न लागेका छ । खेलप्रति यूवाहरुको आकर्षणलाई थप टेवा पुग्ने विश्वासका साथ टाइगर रेश प्रतियोगिता गर्न लागिएको हो । पहिलो चरणमा सहभागिता जानाउनका लागि ७ प्रदेशका तोकिएका ४५ शहर मध्ये कुनै एक ठाउँ छनोट गरेर आवेदन दिन सकिने छ । प्रतियोगिताको प्रथम पुरस्कार रु २ लाख, द्वितीय पुरस्कार रु १ लाख र उत्कृष्ट समयमा रेस गर्ने व्यक्तिले रु ५० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने मिडियाका अध्यक्ष फडिन्द्र लामिछनेले जानकारी दिए । त्यस्तै, प्रदेश अन्तर्गत प्रथम हुनेले रु २५ हजार र स्थान अन्तर्गत प्रथम हुनेले रु २५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । ४५ ठाउँ र प्रदेशका कार्यक्रम सकिएपछि अन्तिम कार्यक्रम पर्यटकीय नगरि सौराहामा बैशाख एक गते हुने अध्यक्ष लामिछनेले जानकारी दिए । आवेदनको लागि रु. १,००० शुल्क तोकिएको छ । १३ वर्षदेखि ४९ वर्षसम्मका पुरुषहरुले आवेदन दिन सक्नेछन ।

खल्ति एपमा गएर स्क्यान गरेर आवेदन फर्म भर्न सकिन्छ । सहभागिताका लागि पहिलो चरणमा आवेदन दिन सकिने शहरहरु : कोशी प्रदेश १) दमक, झापा २) विराटनगर, मोरङ ३) धरान, सुनसरी ४) धनकुटा, धनकुटा ५) सिद्धिचरण, ओखलढुङगा ६) इलाम, इलाम ७) दिक्तेल, खोटाङ मधेश प्रदेश १) विरगञ्ज, पर्सा २) सिमरा, बारा ३) चन्द्रनिगाहपुर, रौतहट ४) लालबन्दी, सर्लाही ५) बर्दिबास, महोत्तरी ६) जनकपुर, धनुषा ७) लहान, सिराहा ८) राजविराज, सप्तरी बागमती प्रदेश १) काठमाडौँ, काठमाडौँ २) भरतपुर, चितवन ३) हेटौँडा, मकवानपुर ४) धादिङबेशी, धादिङ ५) सिन्धुलीगढि, सिन्धुली ६) बनेपा, काभ्रेपलान्चोक ७) मन्थली, रामेछाप ८) बाह्रविसे, सिन्दुपाल्चोक ९) चरिकोट, दोलखा गण्डकी प्रदेश १) पोखरा, कास्की २) आबुखैरहनी, तनहुँ ३) वालीङ, स्याङ्जा ४) बाग्लुङ, बाग्लुङ ५) बेनी, म्याग्दी लुम्बिनी प्रदेश १) सुनवल, नवलपराशी पश्चिम २) बुटवल, रुपन्देही ३) भैरहवा, रुपन्देही ४) घोराही, दाङ ५) नेपालगञ्ज, बाके ६) गुलरिया, बर्दिया कर्णाली प्रदेश १) विरेन्द्रनगर, सुर्खेत २) दैलेख बजार, दैलेख ३) मान्मा, कालिकोट ४) मुसिकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेश १) धनगढि, कैलाली २) महेन्द्रनगर, कन्चनपुर ३) अमरगढी, डडेल्धुरा ४) मार्तडी, बाजुरा ५) दिपायल, डोटी ६) चैनपुर, बझाङ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट