चितवन : पर्यटकीय नगरी सौराहामा जिल्लाकै अत्याधुनिक प्रहरीको अत्याधुनिक नयां भवन उद्वघाटन गरिएको छ । रत्ननगर वडा नं ६ बछौली सौराहामा नवनिर्मित तीन तले भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।विगत लामो समयदेखि टेकाको भरमा सञ्चालित चौकीको दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ रूपैयाँको लागतमा वागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न तोकिएको एक महिना अगाडि नै भरतपुर ३ नौघरेको गौतम विल्डर्सले तीन तले भवन बनाएको हो । जहां १४ काठे ब्यारेक, अफिस हिरासत कक्ष, साथमा मेस शौचालयसहितको भवन छ । मन्त्री लामिछानेले अपराध नियन्त्रण गरि नागरिकको जीवन रक्षा गर्ने दायित्व प्रहरीको रहेको भन्दै कानुनी राज्य स्थापनाको लागि प्रहरी जिम्मेवार हुनुपर्ने बताउनुभयो । बढ्नो अपराधिक क्रियाकलापका कारण शान्ति सुरक्षामा चुनौती थपिएको उहाको भनाई छ । मन्त्री लामिछानेले वागमती प्रदेशका १० वटा जिल्लामा ६६ वटा प्रहरीचौकीको नयाँ भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
वागमती प्रदेशका साँसद कृष्णप्रसाद खनालले निर्देशित संघीयताका कारण प्रदेशमा काम गर्न असहज भएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलेले प्रहरीको कार्यसम्पादनमा पूर्वाधारको महत्वपूर्ण योगदान हुने भन्दै पर्यटकीय नगरी सौराहाको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय सौराहाको शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको प्रहरीचौकीबाट व्यवसायी र स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।शर्माले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। ‘अपराध नियन्त्रण गर्ने प्रमुख भनेकै सूचना हो,’ उहाले भन्नुभयो, ‘जुन सूचना नागरिकसँग हुन्छ, प्रहरीलाई सही सूचना समयमा दिएमा प्रहरीलाई अनुसन्धान गर्न सहज हुन्छ र अपराधजन्य घटना न्यूनीकरण गर्न पनि सजिलो हुन्छ ।’प्रहरीले प्राप्त गरेको नयाँ भवनसँगै सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले नागरिकले अनुभूति गर्ने गरी प्रहरीले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । सोही अवसरमा भवन निर्माणमा योगदान गरेका प्रहरी सहायक निरीक्षक श्यामबहादुर थापा क्षेत्र, गौतम विल्डर्सका अध्यक्ष अर्जुन गौतमलाई सम्मान गरिएको थियो । उद्वघाटन कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो लगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij