Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बजार नपाएपछि नयाँबस्तीका किसानले काउली बारीमा जोते ट्याक्टर

बजार नपाएपछि नयाँबस्तीका किसानले काउली बारीमा जोते ट्याक्टर

चितवन: भारतीय काउलीका कारण बजार नपाएपछि भरतपुर महानगरपालिका–२४ नयाँबस्तीका एक किसानले काउली बारीमा ट्याक्टरले जोतेका छन् ।भरतपुर–२४ नयाँबस्तीस्थित केरुंगा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थामा आबद्ध किसान अर्जुन पुरीले काउलीले कुनै पनि भाउ नपाएको भन्दै सहकारीकै ट्याक्टर प्रयोग गरी काउली बारी जोतेका हुन् ।

‘कुनै पनि उपाय नलागेपछि, बजारबाट पनि माग नआएपछि बाध्य भएर जोत्नुपरेको हो’, उनले भने । किसानलाई जोताई खर्च नलागोस् भनेर सहकारीले आफ्नै ट्याक्टर निःशुल्क उपलब्ध गराएको छ ।

‘बजारमा बिक्दै बिकेन, अनि तरकारी बारीमा ट्याक्टरले जोत्नुपरेको हो । काउलीसँगै नबिकेपछि दुई देखि तीन लाख घाटा भएको छ’, उनले भने । बारी जोतेर गोलभेडा लगाउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट