Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला

इच्छाकामना  : नेपाली कांग्रेसले  इच्छाकामनाले  गाउँपालिका  शिक्षा शाखामा ताल लगाएको छ ।  राष्ट्रिय आधारभूत विद्यालय कापे र रानीखोला माध्यमिक विद्याल रानिखोलामा नियम विपरित  शिक्षक नियुक्ति गरिएकोले  आरोप लगाउँदै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ, नेपाल तरूण दल,ने.बि.संघ  र  नेपाल महिला संघले बुधबार गाउँपालिका शिक्षा शाखामा ताला लगाएका हुन् । यस अघि नेपाल शिक्षक संघ इच्छाकामनाले नियुक्त बदर गर्न माग गर्दै  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।

तर गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङले भने  २०७८ भन्दा अगाडि नियुक्त शिक्षकलाई सामुदायिक बनले तलब सुविधा उपलब्ध गराउँदै आएकोमा  पछिल्लो समय तलब खुवाउन नसक्ने  बनले निर्णय गरेपछि  खुवाउन नसकिने निर्णय गरेपछि दरबन्दी कम भएका कारण चार बर्ष अगाडि नियुक्ति भएको योग्यता पुरा भएको शिक्षकलाई तलब भत्ता व्यवस्था पालिकाबाट गरियोस् भन्ने विद्यालयको  निवेदन  आएपछि कार्यापालिकाले  तलब भत्ता व्यवस्था गर्र्नेे निर्णय गरेको बताउनुभयो  । नेपालको संविधान र  स्थानिय सरकर सञ्चालन एन २०७४ ले आधारभुत र माध्यमिक तहको शिक्षा स्थानिय सरकारको अधिकार क्षेत्र भित्र पर्ने र शिक्षक दरबन्दी मिलान करार राहत अनुदान सट्टा पालिका आन्तरिक श्रोत निजि स्वयंसेवक  शिक्षकको नियुक्ति सरुवा पालिकाले पालिका मातहतमा व्यवस्थापन गर्ने बताउनुभयो ।  चित्त नबुझेका विषयमा छलफल गर्नुको सट्टा अतिरञ्जित गरिएको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट