Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कालीमाटीमा विभागको अनुगमन, चितवनको सिमी सबैभन्दा धेरै विषादीयुक्त

कालीमाटीमा विभागको अनुगमन, चितवनको सिमी सबैभन्दा धेरै विषादीयुक्त

चितवन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ । गएराति गरिएको अनुगमनमा सबैभन्दा धेरै विषादीको मात्रा चितवनको हरियो सिमीमा भेटिएको छ । विभागका अनुसार सो सिमिमा इन्जाइम इन्हिबिशन ४२ प्रतिशतसम्म पाइएको थियो । आलु, प्याज, गोलभेडा, साग, गाँजर सुन्तलालगायत २२ प्रकारका फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिएको थियो ।

सो क्रममा न्यूनतम एकदेखि ४२ प्रतिशतसम्म इन्जाइम इन्हीविशन देखिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । ती तरकारी काठमाडौं, भक्तपुर, लतिलपुर, काभ्रे, तनहुँ, सिन्धुली, स्याङ्जा, गोर्खा, रामेछाप, सुनसरी, कास्कीलगायत २० जिल्लाबाट भित्र्याइएका हुन् ।

भारतबाट ल्याइएको एक गाडी तरकारी समेत विभागले परीक्षण गरेको थियो । प्रवक्ता महर्जनका अनुसार इन्जाइम इन्हिविशन प्रत्यक्ष विषादीको मात्रा नभइ परीक्षणका क्रममा देखिएको विषादी अवशेषको दर हो ।

विभागले आरबीपीआर विधिबाट परीक्षण गरेको थियो । सो मापदण्डअनुसार तरकारी वा फलफूलमा यो दर ३५ प्रतिशतभन्दा कम हुनुपर्छ । ३५ देखि ४५ प्रतिशतसम्म पाइएसो खाद्यन्न खान अयोग्य हुन्छ । इन्जाइम इन्हिविशन उच्च पाइएको सिमी तीन दिन क्वारेन्टिनमा राख्न निर्देशन विभागले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट