Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देवघाटधाममा महा–महोत्सवमा देशभरका भक्तजनको भिड

देवघाटधाममा महा–महोत्सवमा देशभरका भक्तजनको भिड

चितवनः देवघाट धाममा आयोजित महा–महोत्सबमा देशभरबाट भक्तजनहरु आउने क्रम सुरु भएका छ । यहाँ आयोजित महोत्सबमा झापा, काठमाडौ, रुपन्देही लगाएतका जिल्लाहरुबाट दैनिक जसो भक्तजनहरु आउने क्रम रहेको मेला आयोजक समितिले जनाएको छ ।

देवघाटमा माता पिता आश्रम तथा दिव्यधाम निर्माणका लागि आयोजना गरिएको सो महोत्सबमामा देशका बिभिन्न जिल्लाहरुबा आउने भक्तजनहरुको भिड लाग्न थालेको हो । मेला संयोजक डा. केशब भूर्तेलका अनुसार अहिले काठमाडौ, तनहुँ, गोरखा, लम्जुङ्, धादिङ्, नवलपुर, नवलपरासी, रुपन्देही, मकवानपुर, बारा पर्सा, सर्लाही लगाएतका जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । महोत्सबमा देवि प्रतिभाले कथा बाचन गरी रहनुभएको छ । बिशेष दिनहरुमा प्रतिभा सहित अन्य गुरुहरुले समेत कथा वाचन गर्दै आउन्भएको छ ।

जीवनमा पूण्य काम गर्नका लागि आयोजित यस कार्यलाई सबैले सहयोग गर्न सके मात्रै सिद्ध साबित हुने बिद्या भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “धर्म सबैका लागि बराबर हुन सबै मिलेर पूण्य कर्म गर्नु पर्छ ।” महोत्सबमा रु १० लाख सहयोग गर्नु भएकी भट्टराईले देशभरका सनातनीहरुलाई यस अभियानमा सुहभागी हुन समेत आग्रह गर्नुभयो ।

टाढाबाट आएका भक्तनहरुर्लाै आयोजनकले खान र वस्नको व्यवस्था गरेको छ । महा महोत्सब स्थलबाट आश्रम स्थल सम्म जान र आउनका लागि यातायातको समेत वेबस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट