Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

फागुन १ देखि लंकुमा हुने महायज्ञको तयारी तीव्र

फागुन १ देखि लंकुमा हुने महायज्ञको तयारी तीव्र

चितवन : कमलनयनाचार्य “मुक्तिनाथ बाबा”को संरक्षकत्व, शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका आचार्य नारायणाचार्य स्वामी (टीकाराम गुरु)को प्रधान यज्ञाचार्यत्व , अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा . चक्रपाणि आचार्यको प्रमुख वाचकत्व, चन्द्रप्रसाद सापकोटाको उपाचार्यत्वमा नेपाल – भारतका प्रमुख आचार्य , सन्त – महात्मा, विद्वान् , विचारकहरूसमेतको उपस्थितिमा एकवर्षीय श्रीहरिनाम सङ्कीर्तन स्मारक, अतिथि गृह उद्घाटन एवम् अक्षयकोष अभिवृद्धिका लागि हरिकीर्तन धार्मिक धार्मिक संस्था / लक्ष्मीवेङ्कटेश मन्दिर , भरतपुर-४, सानो यज्ञपुरी , हरिकीर्तन चोक, चितवनमा फागुन १ देखि ९ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को मिति नजिकिँदै गर्दा तयारी कार्यहरू धमाधम अगि बढिरहेका छन्। यज्ञ मण्डप निर्माण , एकवर्षे हरिनाम संकीर्तन कार्यक्रममा सहभागी टोलीहरूसँग सम्पर्क , पर्चा/ पम्प्लेट छपाइ ,प्रचार- प्रसार, जनसम्पर्कका कार्यहरू तीव्रताका साथ अगि बढिरहेको महायज्ञ सम्पादन मूल समितिका सह- संयोजक फूलनाथ निउरेले बताउनुभयो।

माघ ३० गते दिउसो २ बजे विशाल मोटर साइकल तथा गाडी र्याली ,

फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघ – संस्थाको परिचय झल्कने भेषभूषा , ब्यानर, ॐकारझन्डासहितको विशाल शोभा-कलश यात्रा , यज्ञारम्भ ,दिउसो १ बजे समुद्घाटन,

फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान ,

फागुन ५ गते कमलनयनाचार्य / मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तनको समुद्घाटन,

संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य / महन्त पदमा पट्टाभिषेक,

प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको समुद्घाटन

फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष ताराप्रसाद कँडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट