झापा: झापा दमक घर भएका एक जना पुरुषले मोरङको उर्लाबारीमा आफ्नै शरीरमा आगो लगाएका छन्।आइतबार बिहान दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए।उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी छन्।
आगोले जलेर थापा घाइते भएका छन्। अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ। घाइते थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ।घटना बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij