चितवन : देवघाटमा जारी ऐतिहासिक महामहोत्सवमा आज जगदगुरु बालसन्त मोहन शरण देवाचार्यको विशेष उपस्थिति रहने भएको छ। नेपालका तीर्थहरूको संरक्षण, प्रवर्द्धन र विकासमा अतुलनीय योगदान पुर्याउनु भएका महाराजको आशीर्वचन श्रवण गर्ने यो अवसर सम्पूर्ण श्रद्धालु भक्तजनका लागि अनुपम हुने विश्वास गरिएको छ।
नेपालका प्राचीन तीर्थहरूको महत्व उजागर गर्न महाराजको नेतृत्व र सत्संकल्पलाई प्रेरणादायी मानिन्छ। उनकै सत्संकल्पमा चतरा धाम र वराहक्षेत्रमा भव्य कुम्भ मेलाको आयोजन भएको स्मरण गर्दै आयोजकहरूले देवघाट महामहोत्सवलाई पनि देशभरका भक्तजनको लागि महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन्।
महोत्सवको आयोजक समितिका अनुसार महाराजको उपस्थिति र प्रवचनले भक्तजनहरूलाई आध्यात्मिक ज्ञान र धार्मिक चेतनाले अभिप्रेरित गर्नेछ। उनको सत्संग र आशीर्वचनले देवघाट महामहोत्सवलाई थप भव्य र ऐतिहासिक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उनको उपस्थिति र योगदानलाई सम्मान गर्न देशैभरका श्रद्धालु भक्तजनलाई महोत्सवमा अनिवार्य रूपमा उपस्थित भई यो ऐतिहासिक अवसरलाई विशेष बनाउन आयोजकले हार्दिक अनुरोध गरेका छन्। देवघाट महामहोत्सवको यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij