चितवन : भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधिन मातापिता सेवा आश्रममा आफ्ना दिवंगत आमा सिता दाहाल र भाई प्रकाश दाहालको स्मृतीमा एउटा वटा कोठा निर्माण गर्ने घोषणा गर्नुभएको छ । देवघाटमा जारी देवघाट महा–महोत्सवमा सहभागी हुने क्रममा मातामिता सेवा आश्रमको ३६५ कोठा मध्ये एक वटा कोठा आमा र भाईको स्मृतीमा व्यक्तिगत खर्चमा निर्माण गर्ने घोषणा गर्नुभएको हो ।सो अवसरमा मेयर दाहालले देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजको सत्संकल्पमा आयोजित यस धार्मिक महोत्सवको प्रशंसा गर्नुभएको थियो । उहांँले महोत्सवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक, र सामाजिक चेतनालाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउँदै यस्तो आयोजनाले देवघाट क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने विश्वास व्यक्त गर्नुभयो ।
बृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठामध्ये एक कोठा आफ्नी दिवंगत आमा सीता दाहाल र दिवंगत भाइ प्रकाश दाहालको स्मृतिमा निर्माण गर्ने दाहालले घोषणा गर्नुभएको हो । उहाँले आफ्ना दिवंगत परिवारजनको स्मृति र योगदानलाई सम्मान गर्दै यो पुण्य कार्यमा सहभागी हुन पाउँदा गर्वको अनुभूति भएको समेत बताउनुभयो ।उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्र, स्थानीय प्रशासन, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले माघ महिनाभर चल्ने यो धार्मिक महोत्सवलाई नेपाली संस्कृति र धर्मप्रतिको प्रेमको प्रतीकका रूपमा अघि वढेको बताएका छन् ।मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठाले वृद्धवृद्धा, असहाय, र सेवाको आवश्यकता भएकाहरूलाई आश्रय प्रदान गर्ने उद्देश्य राखेको छ । महामहोत्सवमा १० करोड रुपैंया संकलन गर्ने लक्ष्य रहेको छ । महा–महोत्सवमा जग शीला पूजन, अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, अर्बौ रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रमहरू भैरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij