चितवन : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै शनिबार चितवनबाट हस्ताक्षर अभियान सुरु भएको हो ।
हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु भनेको गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमतिबाट भागेको आरोप लगाए । उनले ३ बुँदे सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपि ओलिलाई आग्रह गरे ।
अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति राज्यले कार्यान्वयन नगरे थप संघर्ष अगाडि बढाउने बताए । हस्ताक्षर अभियान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चितवन इन्चार्ज उत्सव सी, केन्द्रीय सदस्य तथा सेक्रेटरी रुद्र सी, केन्द्रीय सदस्य सिसम सी, युवा संगठन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रीय सदस्यहरु हिमाल सी, पारस सी, सम्झना सी, सन्तोस सी, आकाश सीलगायतका युवाहरुको सहभागिता थियो । अभियान माघ ८ सम्म चल्ने छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij