चितवन : चितवनका अविनास रम्तेलले अखिल क्रान्तिकारीको केन्द्रिय महासचिवमा दावी गरेका छन् । आगामी माघ १२ गते हुन २३ औँ राष्ट्रिय सम्मेलनमा महासचिवमा उम्मेद्वारी दिने भएका हुन् । वि.स.२०६५ मा अखिल(क्रान्तिकारी संगठनको सदस्यता प्राप्त गरेका रम्तेल विद्यार्थी आन्दोलनमा अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । २०६७ मा नारायणी नमुना उच्च मा.वि.भरतपुरको इकाई अध्यक्ष तथा जिल्ला सिमिति सदस्य,२०६९ जिल्ला सचिवलय सदस्य, २०७१ मा सचिव २०७३ मा सम्पन्न २१औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा २०७७ मा जिल्ला अध्यक्ष बन्नुभएका रम्तेल २०७८ मा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट पनि केन्द्रिय सदस्य बनेका थिए । २०७९ मा जिल्ला इन्चार्ज बनेका रम्तेल हाल सम्म विद्यार्थी राजनितिमा निरन्तर लागीपरेका छन् ।
निरन्तर १६ बर्ष देखि विद्यार्थी राजनीतिमा सक्रिय रम्तेल चितवन जिल्लामा युवा तथा विद्यार्थी माझ लोकप्रिया युवा नेता हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला समेत रहेका चितवनका रम्तेल महासविमा दावेदार मध्ये सबै भन्दा आफ्नो बलियो सम्भावना रहेको दावी गर्छन् । २३औं राष्ट्रिय सम्मेलनको पुस १३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षको निर्वाचनमा भएका थिए । निर्वाचनमा उमेर हद लगाउनुपर्छ भन्ने पक्षमा बहुमत पुगेपछि माघ १२ गते कार्यसमितका लागि निर्वाचन हुदैँ छ । उमेरहद लगाउने की नलगाउने विषयमा विवाद हुँदा असोज १०–१४ गतेको राष्ट्रिय सम्मेलन बन्दासन्त्र बीचमै स्थगित भएको अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन स्थगित बन्न पुगेका थिए ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij