Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भरतपुरका यी स्थानमा आज दिनभर विद्युत अवरुद्द हुने

भरतपुरका यी स्थानमा आज दिनभर विद्युत अवरुद्द हुने

चितवन : भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज दिनभर विद्युत अवरुद्द हुने भएको छ । आँपटारीस्थित न्यू भरतपुर सबस्टेशनबाट वितरित पाँच वटा फिडरहरु आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अवरुद्द हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

सबस्टेशनका १३२ केभी फिडरहरुमा ‘एसएएस इन्टेग्रेसन’ गर्नुपर्ने भएकाले पाँच वटा फिडरहरु सटडाउन गर्नुपरेको वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार क्षेत्रपुर, कल्याणपुर, रामेश्वर मन्दिर, देवघाट र औद्योगिक–३ फिडर सटडाउन हुनेछन् ।

यी फिडरहरु सटडाउन हुँदा आँपटारी, पोखरा बसपार्क, पुलचोक, बेलचोक, लिलाचोक, आदर्शचोक, बालकुमारी कलेज, रामेश्वर मन्दिर, विक्रम मार्ग, नौघरे, बाह्रघरे, रामघाट, शिवघाट, फुर्तिचोक, रामनगर, जुगेडी, भतेरी, ठिमुरा, देवघाट, दासढुंगा हुँदै सिमलताल, इच्छाकामना, उपरदाङगढी, मायाटार लगायत आसपासका क्षेत्रमा विद्युत अवरुद्द हुने छ ।काम छिटो सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै विद्युत सुचारु हुने वितरण केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट