Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र

रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र

रत्ननगर : नेपाल शिक्षक महासंघ चितवनले शिक्षकहरुको पेशागत सुरक्षालाई केन्द्रीत गरी स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । महासंघले विहीबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई दुई सुत्रीय ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षक विज्ञापन गर्दा जे जसरी विज्ञापन माग भएको भएपनि चितवन जिल्लालाई नै एक क्षेत्र मानि जिल्लाभित्रका रिक्त दरबन्दीमा प्रतिक्षारत स्थायी शिक्षक नियुक्ती गर्नु पर्ने र स्थायी शिक्षक नियुक्ती गर्दा सकेसम्म कुनै पनि शिक्षक विस्थापति छन् यदि विस्थापित गर्ने पर्ने अवस्थाा सिर्जना जिल्लाभित्र कार्यरत कनिष्ठ शिक्षहरुमध्येबाट विस्थापन गर्ने नीति अवलम्बन गर्न ध्यानर्कषण गराइएको हो ।

ध्यानर्कषण पत्रमा महासंघका जिल्ला अध्यक्ष शिवराज अधिकारी, सहअध्यक्ष राधा पोखरेल, नेपाल शिक्षक संगठन चितवनकी अध्यक्ष इन्दिरादेवी मरहठ्ठा, एकीकृत नेपाल शिक्षक संगठन चितवनकी अध्यक्ष मन्जु सिंखडा, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष अमरबहादुर थापा, अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष हिरामणि चापागाईँ र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष तोयानाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

शिक्षकहरुको पेशागत सुरक्षा र शिक्षाको गुणस्तर सुधारको लागि स्थानीय सरकारलाई शिक्षकहरुको मुद्दाका विषयमा ध्यानर्कषण गराइएको नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष अधिकारीले बताए । ध्यानर्कषणपत्र हस्तान्तरण कार्यक्रममा रत्ननगरका उपमेयर यादब प्रसाद पाठक सहित शिक्षा समितिका सदस्य तथा शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट