Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भरतपुरमा बलेरो र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

भरतपुरमा बलेरो र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

चितवन : भरतपुर महानगरपालिका-४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प २९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आले रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बलेरो चालक भरतपुर–२६ दिव्यनगर बस्ने वर्ष ३४ को गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट