Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

खिचरा महोत्सवको दोस्रो दिनमा झण्डै ३० हजारले गरे अबलोकन

खिचरा महोत्सवको दोस्रो दिनमा झण्डै ३० हजारले गरे अबलोकन

खैरहनी :  चितवनको खैरहनी नगरपालिका-५ गौरचरनमा दशौँ खिचरा महोत्सव २०८१ को दोस्रो दिनमै झण्डै ३० हजारले अबलाेकन गरेका छन् । टिकट व्यवस्थापन समितिका संयोजक राजिव चौधरीले मंगलबार माघ १ गते २९,७३५ जनाले महोत्सव अवलोकन गरेकाे जानकारी दिए ।

उक्त संख्या महोत्सवको अहिलेसम्मकै सर्वाधिक रहेको आयोजकले जनाएको छ । माघी पर्वकाे अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले महाेत्सव आयाेजना गरेकाे हाे । त्यसै गरि थारु समुदायको महान चाड माघी पर्व तथा नयाँ वर्षलाई महोत्सवको दोस्रो दिन विशेष कार्यक्रम गरी मनाइएको थियो । थारु समुदायको नयाँ वर्ष महोत्सव परिसरमा औपचारिक कार्यक्रम मूल आयोजक समिति संयोजक रामेश्वर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनिया तथा विशिष्ट अतिथि उपप्रमुख कविता उप्रेती रहेका थिए । प्रमुख अतिथि नगरप्रमुख खनिया र उपप्रमुख उप्रेतीले थारु समुदायको मौलिक संस्कृति, परम्परा, र योगदानलाई उच्च सम्मान गर्दै महोत्सवको सफलता र महत्वबारे मन्तव्य राखेका थिए ।

त्यसैगरी महोत्सवको दोस्रो दिन विभिन्न चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्र मुग्ध बनाएको थियो । गायक पूर्ण राई एण्ड दाजुभाइ, चर्चित गायिका इन्द्रकला राई, थारु संस्कृतिको पहिचान झल्काउने कलाकार कृष्णला चौधरी, तथा अभिनेता सरोज खनाल लगायतका कलाकारहरूले माहोललाई झन् आकर्षक बनाएको थियो ।

महोत्सवको तेस्रो दिन, माघ २ गते दर्शकहरूका लागि झनै रोचक र रोमाञ्चक कार्यक्रम प्रस्तुत हुनेछ। विशेष आकर्षणका रूपमा चर्चित गायिका तृष्णा गुरुङ, गायिका एन्जिला रेग्मी, तथा रत्ननगर कला मन्दिरका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकले कार्यक्रमहरूलाई थप व्यवस्थित र मनोरञ्जनपूर्ण बनाउने तयारी गरेको छ।

दशौँ खिचरा महोत्सव केवल मनोरञ्जनको लागि मात्र सीमित छैन। यो महोत्सवले थारु समुदायको सांस्कृतिक सम्पदा, परम्परा, र पहिचानलाई जगेर्ना गर्दै समाजमा एकता, सहयोग र सहिष्णुताको सन्देश प्रवाह गरिरहेकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक रामेश्वर चाैधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट