चितवन : होटल पौवाको भरतपुर शाखाले मंगलबार माघेसंक्रान्तिको अवसरमा चितवनका विशिष्ट पाहुनाहरुलाई सेलरोटी, सखरखण्ड, खिचडीलगायत खानेकुरा खुवाएको छ ।चिकित्सक, शिक्षक, बैंकका कर्मचारी, दलका नेता, जनप्रतिनिधि, पत्रकारलगायत सय जनाभन्दा बढीलाई होटल पौवामै विशेष समारोहको आयोजना गरी विभिन्न परिकार खुवाइएको होटल पौवा भरतपुर शाखाका प्रबन्धक विजय न्यौपानेले जानकारी दिए ।
होटल पौवामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको लागि १२ वटा कोठा समेत छन् । विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त दुई वटा पार्टी हल छन् । पार्टी हलको क्षमता एउटाको तीन सय जना र अर्कोको पाँच सय जना रहेको प्रबन्धक न्यौपानेले बताए ।
‘यहाँ तालिम, गोष्ठी र बैठक गर्न मिल्ने ५० जना क्षमताको एउटा सेमिनार हल पनि छ’ न्यौपानेले भने, ‘हामीले नेपाली चाडपर्वहरुको विशेष अवसरमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएका छौँ ।’
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरिका १७ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij