Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन महोत्सवमा तीन दिनमा एक लाख दर्शकले गरे अवलोकन

चितवन महोत्सवमा तीन दिनमा एक लाख दर्शकले गरे अवलोकन

भरतपुर : १५ औँ संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरू भएको तीन दिनमा करिब एक लाख दर्शकले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

उद्घाटनअघि र्‍यालीमा सहभागी भएका, उद्घाटन कार्यक्रममा सहभागी भएका, उद्घाटनका दिनभर सहभागी भएका, महोत्सवको दोस्रो र तेस्रो दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब एक लाखले अवलोकन गरेको तथ्यांक निकालिएको सुवेदीले बताए ।

तेस्रो दिन शनिबार महोत्सव परिसर नारायणी नदीकिनार भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्थ्यो । पैदलयात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।

उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदीकिनारमा जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट