Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा रामहरि कडेँल

इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कडेँल निर्वाचित हुनुभएको छ ।आज वडा नम्बर ७ सिमलढापमा सम्पन्न दोश्रो सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैबिच उपाध्यक्षमा कुमार मगर,राम प्रसाद बोहोरा,तुल बहादुर गुरुङ, सचिवमा पवन गुरुङ, सह–सचिवमा  सुशीला चालिसे र कोषाध्यक्षमा  ईन्द्र माया मगर चयन  हुनुभएको छ । हरि बहादुर थापाको  अध्यक्षतामा सम्पन्न बन्द सत्रबाट ३५  सदस्यीय  गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो । 
 नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी भट्टराइले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य अर्जुन पाठक, जिल्ला इन्चार्ज पूर्वमन्त्री घनश्याम दाहाल,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी,सचिव द्रोण सिवाकोटी वागमी प्रदेशसभा सदस्य ईश्वर सापकोटा, इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्यता रहनुभएको थियो । इच्छाकामनाका संयोजक सावित्रा सिलवालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट