Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनका दुई पत्रकारलाई महासंघको सहयोग

चितवनका दुई पत्रकारलाई महासंघको सहयोग

चितवन: जिल्लामा अर्बुद रोग (क्यान्सर)बाट उपचाररत पत्रकारलाई नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका सदस्य रहेका पत्रकार र परिवारलाई भेटेर आर्थिक सहयोग गरिएको महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले बताए ।

महासंघले माडी नगरपालिका निवासी नेपाल पत्रकार महासंघका पूर्व कार्यसमिति सदस्य भुपराज पाठकलाई ७५ हजार सहयोग गरेको छ। पाठक रक्त क्यान्सरका कारण भारतमा उपचाररत छन् । उनको परिवारलाई मंगलबार रकम हस्तान्तरण गरिएको हो । यस्तै महासंघले क्यान्सर पीडित भरतपुर महानगर निवासी महासंघ सदस्य संगीता बानियालाई सहयोग रकम ७५ हजार हस्तान्तरण गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । बानिया लामो समयदेखि स्तन र टाउकोको क्यान्सरबाट पीडित भएर बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छन् ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुका लागि विभिन्न कार्यक्रमक गर्दै आएको छ । महासंघ चितवनले जेष्ठ पत्रकारहरुको लागि पेनसन, महासंघका सदस्यहरुका लागि दुर्घटना बीमालगायतका कार्यक्रमहरु गर्दै आएको छ । महासंघको नयाँ कार्यसमिति आए लगत्तै पत्रकारहरुको उपचारका लागि सहयोग रकम संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट