सिरहा : महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बुधबार यादवलाई दोषी ठहर गरेको हो।
यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिइएको थियो।
गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए। त्यहाँ पुगेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij