Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

तिहारका लागि राष्ट्र बैंकले बिक्रीमा ल्यायो सुनको असर्फी र चाँदीको मेडालियन, बिहानैदेखि किन्नेको भीड

तिहारका लागि राष्ट्र बैंकले बिक्रीमा ल्यायो सुनको असर्फी र चाँदीको मेडालियन, बिहानैदेखि किन्नेको भीड

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री सुरु गरेको छ ।तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री सुरु गरेको हो ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आजका लागि सुनको असर्फी र चाँदीको मेडालियनको बिक्रीदर कायम गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ तोकेको छ । त्यस्तै, १० ग्रामको चाँदीको मेडालियन प्रतिथान ३ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।उक्त मूल्यअनुसार महाशाखाले सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ ।  सुन र चाँदीकाे सिक्का किन्नको लागि बिहानैदेखि राष्ट्र बैंकमा भीड  लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट