Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालक आलम पुर्पक्षका लागि कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालक आलम पुर्पक्षका लागि कारागार चलान

विराटनगर :  दुई सोझा युवतीहरूलाई प्रलोभन देखाएर बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेका विराटनगरका एक होटल सञ्चालक परवेज महमद आलम कारागार चलान भएका छन् । 
आलम पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

मोरङ अदालतका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले आलमलाई मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का प्रतिवादी रामविलास महतो भने फरार छन् । सरकारी वकिलको कार्यालयले उनलाई फरार प्रतिवादी कायम गर्दै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा अभियोगपत्र दर्ता गरेको छ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट