Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्ममाथि निष्पक्ष अनुसन्धान गर्न रक्षा बमको माग

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्ममाथि निष्पक्ष अनुसन्धान गर्न रक्षा बमको माग

काठमाडौँ :  जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणमा जोडिएका सबै व्यक्ति तथा उच्चपदस्थ अधिकारीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्।उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ताे माग गरेकी हुन्। 

उनले भनिन्,‘ इनम सापकोटा प्रकरणमा सतहमा आएका नामहरू र यससँग जोडिएका सबै हाई-प्रोफाइल व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान होस्। चाहे ती प्रधानमन्त्री बालेन्द्र शाह हुन्, प्रधानन्यायाधीश वा अन्य न्यायाधीशहरू, वा पुर्वप्रधानमन्त्री, पुर्वप्रधानन्यायधीश, पुर्वमन्त्रीहरू , प्रहरी महानिरीक्षक (आईजीपी) हुन् वा प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापा, कोही पनि अनुसन्धानको दायराभन्दा बाहिर हुनुहुँदैन।’ 

देशमा विधिको शासन कायम रहेको भए प्रकरणसँग सम्बन्धित सबै तथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। जनताले घटनाको वास्तविकता र यससँग जोडिएका सबै पक्षबारे जानकारी पाउनुपर्ने बमले बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट