काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
अदालतबाट संसोधित कैदीपुर्जी आएको डिल्लीबजारका जेलर बाबुराम अर्यालले रातोपाटीलाई बताए । उनले भने, ‘अदालतबाट संसोधित कैदीपुर्जी प्राप्त भएको छ ।’
संसोधित कैदी पुर्जी अनुसार रायमाझी कार्तिक २६ मा छुट्ने भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो ।
सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन् । उनी कार्तिक २५ मा ६५ वर्ष पूरा हुँदै छन् । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij