Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

एनपीएल : पोखराको लगातार तेस्रो हार, लुम्बिनी ८ विकेटले विजयी

एनपीएल : पोखराको लगातार तेस्रो हार, लुम्बिनी ८ विकेटले विजयी

काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो ।कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे ।

बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन जोड्यो ।

चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन तथा तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले एक–एक सफलता हात पारे ।

जितसँगै लुम्बिनी तीन खेलमा दुई जित र १ अनिर्णित खेलसहित ५ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

अर्कोतर्फ जारी प्रतियोगितामा पोखराको तेस्रो हार हो । तीन खेलमा तीनै हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट