Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।


भेटका अवसरमा उनीहरूबीच नेपाल युरोपेली सङ्घबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सो अवसरमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट