Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

न्यू स्पिडी इङ्गलिस बोर्डिङ्ग स्कुलमा पेट्रोल लिडर क्याम्प

न्यू स्पिडी इङ्गलिस बोर्डिङ्ग स्कुलमा पेट्रोल लिडर क्याम्प


​रत्ननगर : चितवनको रत्ननगर-१० स्थित न्यू स्पिडी इङ्गलिस बोर्डिङ्ग स्कुलमा दुई दिने 'प्रथम सि आर आर आर सी पेट्रोल लिडर क्याम्प' औपचारिक रूपमा सुरु भएको छ। चितवन राइनो रोभररेन्जर क्रु को आयोजनामा विद्यालय परिसरमा शनिवार साँझ क्याम्प गरिएको हो।
​क्याम्पमा चितवनका ११ वटा विद्यालयका १०० जनाभन्दा बढी स्काउट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। 
विद्यार्थीहरूको व्यावहारिक ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस क्याम्पमा विभिन्न व्यावहारिक तथा उपयोगी विषयहरूमा विशेष तालिम प्रदान गरिने लिडर क्याम्प प्रमुख डिल्लिराम पोखरेलले जानकारी दिनुभयो।
​दुई दिने कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी चितवन शाखाबाट पूर्व प्राथमिक उपचार, सशस्त्र प्रहरी बल (एपिएफ) भण्डाराको टोलीबाट आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापन, र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट साइबर सुरक्षासम्बन्धी तालिम सञ्चालन गरिनेछ।

856779363_1772430841557118_2000440345582111104_n.jpg
undefined


चितवन राइनो रोभररेन्जर क्रु का अध्यक्ष बेकुण्ठ मरहठ्ठाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याप्सन चितवनका जिल्ला अध्यक्ष मदन पुरी प्रमुख अतिथि रहेका थिए । 
कार्यक्रममा रत्ननगर वडा नं. १० का अध्यक्ष कलाधर पाैडेल, लिडर क्याम्प प्रमुख डिल्लिराम पोखरेल, प्याप्सन रत्ननगरका अध्यक्ष भुवनसिंह थापा, श्रीकृष्ण टाेल विकास संस्थाका अध्यक्ष हेमलाल बराल लगाएतले मन्तव्य राखेका थिए । 
चितवन राइनो रोभररेन्जर क्रु का काेषाध्यक्ष पुष्पराज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा सचिव पशुपति उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए । 
​यस्ता विषयगत तालिमले विद्यार्थीहरूलाई सङ्कटको समयमा पूर्व तयारी गर्न, प्रविधिमार्फत हुनसक्ने अपराधबाट सतर्क रहन र समाजमा सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकले विश्वास लिएको छ। 

861844177_1772430164890519_2188433732180874561_n.jpg
undefined
862726421_1772430208223848_7013052270269059234_n.jpg
undefined
863114660_1772430094890526_4557800783682237025_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट