Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

भारतद्वारा नयाँ पुस्ताको नेभिगेसन उपग्रह ‘एनभीएस–०३’ को सफल प्रक्षेपण

भारतद्वारा नयाँ पुस्ताको नेभिगेसन उपग्रह ‘एनभीएस–०३’ को सफल प्रक्षेपण

नयाँ दिल्ली :  भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो।

प्रक्षेपण सफलतापछि इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘जीएसएलभी–एफ१८ ले एनभीएस–०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ।’

भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले सफलताका लागि इसरोका वैज्ञानिकलाई बधाई दिँदै यसले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणालीलाई सुदृढ पार्ने प्रतिबद्धता झल्काएको बताएका छन्।

इसरोका अनुसार जीएसएलभी–एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो। नयाँ पुस्ताको नेभिगेसन उपग्रह शृङ्खलाअन्तर्गतको तेस्रो उपग्रह एनभीएस–०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली (आईआरएनएसएस) अन्तर्गत प्रदान गरिने नेभिगेसन सेवाको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट