Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

वर्षाका कारण दोश्रो गैँडा कप फुटबल प्रतियोगिता एक दिन सर्‍यो, कात्तिक १६ गतेदेखि सुरु हुने

वर्षाका कारण दोश्रो गैँडा कप फुटबल प्रतियोगिता एक दिन सर्‍यो, कात्तिक १६ गतेदेखि सुरु हुने

रत्ननगर :  वर्षाका कारण रत्ननगरमा आयोजना हुन लागेको ‘दोश्रो  गैँडा कप वडास्तरीय फुटबल प्रतियोगिता २०८३’ एक दिन पछाडि सरेको छ ।

यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने तय भएको प्रतियोगिता अब कात्तिक १६ गतेदेखि सञ्चालन हुने खेल संयोजक एवं रत्ननगर–६ का वडा सदस्य गोपीकृष्ण विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसममा आएको परिवर्तन र वर्षाका कारण खेल तालिका परिवर्तन गर्नुपरेको हो ।

‘वन तथा वन्यजन्तु संरक्षणसँगै खेलकुदमा युवाहरूको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

रत्ननगर–७, सिसुवारस्थित प्याराडाइज खेल मैदानमा हुने प्रतियोगिता युवा तथा खेलकुद विकास समिति रत्ननगर–७ को आयोजनामा हुन लागेको हो । प्रतियोगितालाई रत्ननगर नगरपालिकाले अभिभावकत्व प्रदान गरेको छ भने मृगकुञ्ज उपभोक्ता समिति प्रवर्द्धकका रूपमा रहेको छ ।

प्रतियोगिता मेयर कप फुटबलका लागि खेलाडी छनोटको माध्यमसमेत बन्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी तथा सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट