Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

न्याय क्षेत्रको पुनःसंरचनाका लागि संसद्बाट प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्याय क्षेत्रको पुनःसंरचनाका लागि संसद्बाट प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद समाधानका लागि संसद्‍बाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रको समग्र पुनःसंरचनाका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकेको बताए। उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनःसंंरचनाको विषय उठाउने स्पष्ट पारे।


‘न्याय क्षेत्रकै पुन: संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् नै हो। हामीले संसदीय दललाई यो विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छौँ । पहिला प्रक्रियामा जानु आवश्यक छ, त्यसपछि संसदीय परिणामले नै थप निर्णय लिनेछ’, उनले भने। 

न्यायाधीशलाई महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसद्‍मा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए। रास्वपाले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न समेत सरकारलाई निर्देशन दिएको छ। सचिवालय बैठकले सादा पोशाकका प्रहरी समाचार कक्षमा प्रवेश पत्रकार पक्राउ तथा धरपकड गरेको घटनामा छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता खरेलले बताए।

‘मिडियाको कार्यकक्षमै प्रहरी पुग्नु सर्वथा गलत हो, प्रेस स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्नेमा पार्टी प्रष्ट छ। यस विषयमा सरकारले आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र कमजोरी गर्नेमाथि कानूनी दायरा आकर्षित हुनुपर्छ’, उनले भने, ‘संसदीय दल र सरकारबीच पनि सुमधुर सम्बन्ध छ। राज्यका प्रमुख अंगहरूबीचको सहकार्य मजबुत छ र यसलाई अझ प्रभावकारी बनाउँदै लैजान पार्टी प्रतिबद्ध छ।’

सचिवालय बैठकले यो विषयमा यथाशिघ्र कारबाही अघि बढाउन भनेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट